ट्राफिक प्रहरी कन्ट्रोल : १०३
नेपा
EN
कार्तिक २०८०
कात्तिक १०, दुर्घटना खवर ।
२०८०-०७-१०

रौतहटको माधवनारायण नगरपालिका ७ फूलवरियामा आज बिहान बसको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । ना ६ प १४ ६३ नम्बरको बसले घर अगाडी बसिरहेका अन्दाजी ६५ बर्षीय  ब्रहमदेव दासलाई आज बिहान ६ बजे ठक्कर दिएको थियो । घाईते भएको दासको प्रादेशीक अस्पताल गौरमा उपचारको क्रममा बिहान ७ बजे मृत्यु भएको हो । बस चालक फरार भएकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय पिपरराजवाडा रौतहटले जनाएको छ। कैलालीको गौरीगंगा नगरपालिका २ झिलमा आज बिहान मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा गौरीगंगा नगरपालिका २ कटानका अन्दाजी ७३ बर्षीया पावनी देवी साउँद रहेकी छिन् । नि:सर्ग अस्पताल धनगढीमा उपचारको क्रममा बिहान सवा ८ बजे उनको मृत्यु भएको हो । भे ७ प ५३ ८१ नम्बरको मोटरसाइकलले आज बिहान साढे ६ बजे पैदलयात्री बृद्धालाई ठक्कर दिएको थियो । मोटरसाइकल सहित चालकलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका २ सम्झनाचोकमा आज जिपको ठक्करबाट एक महिला गम्भीर घाइते भएकी छिन्   । बा २० च ५३ ५३ नम्बरको जिपले पैदलयात्री कैलालीकै  बर्दगोरिया गाउँपालिका २ बौनियाँ बस्ने  ५६ वर्षीया  कोकिला देवी जैशीलाई आज बिहान सवा ९ बजे ठक्कर दिएको थियो ।  जिपको ठक्करबाट गम्भीर घाइते भएकी महिलालाई उपचारका लागि नेपालगञ्ज बाँके पठाइएको छ । जिप सहित चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सडकपुर बौनिया कैलालीले जनाएको छ ।